काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले ग्रामीण क्षेत्रको स्वास्थ्य सेवा विस्तारका लागि शिलान्यास गरिएकाे ३ सय ९६ आधारभूत अस्पतालहरु २ वर्ष भित्र सकिने बताएका छन् ।
शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आधारभुत अस्पतालको लागि ६ अर्ब १५ करोड रुपैयाँ बजेट छुट्याएको बताएका छन् ।