सेञ्चुरी बैंकद्वारा भिसा क्रेडिट कार्ड सेवा शुरु

<p>काठमाडौं, ६ असार । सेञ्चुरी कमर्सियल बैँकले सेञ्चुरी भिसा के्रडिट कार्डको शुरुवात गरेको छ । बैंकका अनुसार ग्राहकवर्गहरुले गोल्ड र क्लासिक दुई प्रकारका क्रेडिट कार्डको सुविधा लिन सक्ने छन् । बैंकले भिसा के्रडिट कार्डको सेवा ३१ वटै शाखाहरुबाट उपलब्ध गराउने भएको छ । हालसम्ममा बैंकले ३१ वटा शाखा, २८ वटा ए.टी.एम्, ८ वटा शाखारहित बैंकिङ्ग [&hellip;]</p>

काठमाडौं, ६ असार । सेञ्चुरी कमर्सियल बैँकले सेञ्चुरी भिसा के्रडिट कार्डको शुरुवात गरेको छ । बैंकका अनुसार ग्राहकवर्गहरुले गोल्ड र क्लासिक दुई प्रकारका क्रेडिट कार्डको सुविधा लिन सक्ने छन् ।

century_credit_cardबैंकले भिसा के्रडिट कार्डको सेवा ३१ वटै शाखाहरुबाट उपलब्ध गराउने भएको छ । हालसम्ममा बैंकले ३१ वटा शाखा, २८ वटा ए.टी.एम्, ८ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

आ.व. २०७२/७३ को चैत्र मसान्त सम्म बैंकले कुल निक्षेप २६ अर्ब एक करोड रुपैयाँ र कर्जा रकम २२ अर्ब ८३ करोड रुपैयाँ परिचालन गरेको छ । सो अबधिमा बैंकले २३ करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

Share News