अनाथ असहाय बालबालिकालाई हिमालयन बैंकको सहयोग

<p>काठमाडौं, ६ असार । हिमालयन बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढानीलकण्ठको टुसालस्थित ‘अनाथ असहाय बाल सुधार संघ’मा रहेका बालबालिकालाई सहयोग प्रदान गरेको छ । बैंकले बाल सुधार संघमा रहेका चौंतीस जना बालबालिकालाई खाद्य(सामग्रीहरु (चामल, दाल, चिनी, तेल, नुन, बिस्कुट, गेडागुडीहरु) तथा पकाउने र खाने भाँडाकुँडाहरु (डेक्ची, प्रेसर कुकर, थाल, कचौरा, गिलास, चम्चा) सहयोग गरेको हो [&hellip;]</p>

काठमाडौं, ६ असार । हिमालयन बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढानीलकण्ठको टुसालस्थित ‘अनाथ असहाय बाल सुधार संघ’मा रहेका बालबालिकालाई सहयोग प्रदान गरेको छ ।

himalayan_help_studentsबैंकले बाल सुधार संघमा रहेका चौंतीस जना बालबालिकालाई खाद्य(सामग्रीहरु (चामल, दाल, चिनी, तेल, नुन, बिस्कुट, गेडागुडीहरु) तथा पकाउने र खाने भाँडाकुँडाहरु (डेक्ची, प्रेसर कुकर, थाल, कचौरा, गिलास, चम्चा) सहयोग गरेको हो ।

देशका विभिन्न स्थानमा रहेका अनाथ तथा असहाय बालबालिकाहरुलाई संघले आश्रय तथा शिक्षा प्रदान गर्दै आइरहेको छ । बैंकका तर्फबाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

Share News