महालक्ष्मी नगरपालिकाद्धारा कृषकलाई २२ लाख रुपैयाँ सहयोग

<p>काठमाडौं । महालक्ष्मी नगरपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कृषकलाई २२ लाख रुपैयाँ रकम सहयोग गरेको छ । नगरपालिकाले तरकारीका साथै पशुपालन व्यवसायकाे लागि २१ कृषकहरूलाई रकम वितरण गरेको जानकारी दिएकाे छ । नगरपालिकाले कृषकहरूलाई कृषिमा अनुदान दिँदै आएको छ । नगरपालिकाले आगामी दिनमा पनि कृषि बीमा तथा प्रविधि हस्तान्तरण अनि बजारीकरण र व्यवसाय स्तरोन्नतिमा थप [&hellip;]</p>

काठमाडौं । महालक्ष्मी नगरपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कृषकलाई २२ लाख रुपैयाँ रकम सहयोग गरेको छ ।

नगरपालिकाले तरकारीका साथै पशुपालन व्यवसायकाे लागि २१ कृषकहरूलाई रकम वितरण गरेको जानकारी दिएकाे छ ।

नगरपालिकाले कृषकहरूलाई कृषिमा अनुदान दिँदै आएको छ । नगरपालिकाले आगामी दिनमा पनि कृषि बीमा तथा प्रविधि हस्तान्तरण अनि बजारीकरण र व्यवसाय स्तरोन्नतिमा थप सहयोग गर्ने योजना बनाएको जनाएकाे छ ।

नगरपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ मा पनि कृषकहरूलाई कृषि औजार, प्लास्टिक टनेल, बीउ बिजन लगायत कृषि सामानहरू वितरण गरेको थियो ।

Share News