लुम्बिनी बैंकबाट शोभनदेब बाहिरिए

<p>काठमाडौं, २० असार । लुम्बिनी बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेब पन्तले बैंक छोडेका छन् । बैंक अफ काठमाडौं (विओके) र लुम्बिनी बैंक मर्जरको प्रक्रिया अगाडि बढेपछि पन्तले बैंक छोडेका हुन् । पन्त विगत १० बर्षदेखि सो बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । लुम्बिनी बैंक समस्यामा परेपछि नेपाल राष्ट्र बैंकले ब्यवस्थापन आफैले लिएर सुधारको प्रक्रिया [&hellip;]</p>

shovandev-pantaकाठमाडौं, २० असार । लुम्बिनी बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेब पन्तले बैंक छोडेका छन् । बैंक अफ काठमाडौं (विओके) र लुम्बिनी बैंक मर्जरको प्रक्रिया अगाडि बढेपछि पन्तले बैंक छोडेका हुन् ।

पन्त विगत १० बर्षदेखि सो बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । लुम्बिनी बैंक समस्यामा परेपछि नेपाल राष्ट्र बैंकले ब्यवस्थापन आफैले लिएर सुधारको प्रक्रिया अगाडि बढाएको थियो । सुरुको समयमा राष्ट्र बैंकको तर्फवाट नारायणदास मानन्धरले ब्यवस्थापन प्रमुखको जिम्मेवारी पाएका थिए ।

मानन्धरको एक कार्यकाल पूरा भएपपछि राष्ट्र बैंकले पन्तलाई बैंक ब्यवस्थापनको जिम्मेवारी दिएको थियो । सो जिम्मेवारी अनुसार पन्तले बैंकको वित्तीय स्वास्थ्य राम्रो बनाएका थिए । पन्तले आइतवार (हिजो) देखि बैंकबाट विदा लिएका हुन् ।

Share News