१५ लाखमा तेह्रथुमकाे फेदाप गाउँपालिकामा हेलिप्याड निर्माण

<p>काठमाडौं । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिकाले १५ लाख रुपैयाँको बजेटमा हेलिप्याड निर्माण गरिएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रमबाट विनियोजित रकमबाट हेलिप्याड निर्माण गरेको हो । ग्रामीण बस्तीको आपत्कालीन अवस्थालाई सहज बनाउन गाउँपालिकामा हेलिप्याड निर्माण भएको छ । गाउँपालिकामा नेपाली सेनाको सहयोगमा हेलिप्याड निर्माण गरेको छ । विपद् र स्वास्थ्यसँग जोडिएका [&hellip;]</p>

काठमाडौं । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिकाले १५ लाख रुपैयाँको बजेटमा हेलिप्याड निर्माण गरिएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रमबाट विनियोजित रकमबाट हेलिप्याड निर्माण गरेको हो ।

ग्रामीण बस्तीको आपत्कालीन अवस्थालाई सहज बनाउन गाउँपालिकामा हेलिप्याड निर्माण भएको छ । गाउँपालिकामा नेपाली सेनाको सहयोगमा हेलिप्याड निर्माण गरेको छ ।

विपद् र स्वास्थ्यसँग जोडिएका विषयका साथै सुत्केरीको आपत्कालीन उद्धारमा सहज होस् भन्ने उद्देश्यले गाउँपालिकाले उक्त हेलिप्याड निर्माण गरेको हो ।

प्रदेश सरकारको एक स्थानीय तहमा एक हेलिप्याड नीतिअनुसार फेदाप गाउँपालिकाको वडा नम्बर १ सिम्ले र वडा नम्बर ३ जलजलेको सिमा देउबेँसीडाँडामा हेलिप्याड निर्माण सम्पन्न भएको हो ।

भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रका बस्तीमा आकस्मिक बिरामी, दुर्घटना, पहिरो, बाढी, कटान, आगलागीको अवस्थामा तत्कालै पुगेर उद्धार तथा व्यवस्थापन सहज बनाउन हेलिप्याड निर्माण गरेका गाउँपालिकाले जनाएको छ ।

Share News