कीर्तिपुर नगरपालिकामा उद्यमीहरूको लागि कोसेली घर स्थापना

<p>काठमाडौं । कीर्तिपुर नगरपालिकाले कोसेली घर स्थापना गरेको छ । नगरपालिकाले कीर्तिपुर क्षेत्र भित्रका उद्यमीहरूको उत्पादन प्रवर्द्धन एवम् बजारीकरण गर्ने उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याएको हो । नगरपालिकाका प्रमुख रमेश महर्जनले मङ्गलवार उक्त कोसेली घरको उद्घाटन गरेका थिए । वडा नं. १०, कीर्तिपुर कभर्ड हल नजिकै १२ वटा सटर निकाली बनाएको स्थानमा नगरपालिकाले प्रत्येक वडालाई [&hellip;]</p>

काठमाडौं । कीर्तिपुर नगरपालिकाले कोसेली घर स्थापना गरेको छ । नगरपालिकाले कीर्तिपुर क्षेत्र भित्रका उद्यमीहरूको उत्पादन प्रवर्द्धन एवम् बजारीकरण गर्ने उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याएको हो ।

नगरपालिकाका प्रमुख रमेश महर्जनले मङ्गलवार उक्त कोसेली घरको उद्घाटन गरेका थिए । वडा नं. १०, कीर्तिपुर कभर्ड हल नजिकै १२ वटा सटर निकाली बनाएको स्थानमा नगरपालिकाले प्रत्येक वडालाई एक/एक वटा सटर निःशुल्क जिम्मा दिएकाे छ ।

नगरपालिकाका प्रत्येक वडाले पनि त्यहाँ रहेका महिला समूहहरू उक्त सटर जिम्मा दिएका छन् ।

नगरपालिकाले विशेष गरी महिलाहरूलाई लक्षित गरी महिलाहरूलाई उद्यमी बनाउन विभिन्न तालिमहरू दिइरहेकोमा उक्त तालिमबाट प्राप्त सिपलाई कार्यान्वयन गर्ने सिलसिलामा विभिन्न वस्तुहरू उत्पादन गरिरहेको छ । ती वस्तुहरूलाई नै बजारीकरण गर्नका लागि नगरपालिकाले उक्त स्थान उपलब्ध गराएको हो ।

नगरपालिकाले महिलाहरूद्वारा उत्पादित वस्तुहरूलाई उक्त कोसेली घरमा राखी विक्री वितरण गरेर आयआर्जन गर्ने बताएकाे छ ।

Share News