एनसीसी र आईडी बैंकको विशेष साधारणसभा सम्पन्न, मर्ज प्रस्ताव पारित

<p>काठमाडौं, ३० असार । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को बुधबार भैरहवामा सम्पन्न विशेष साधारण सभाले अन्य पाच वटा सस्थासँग गाभ्ने गाभिने प्रस्ताव पारित गरेको छ । साधारण सभाले कुमारी बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंक, इण्टरनेशनल डेभलपमेण्ट बैंक, एपेक्स डेभलपमेण्ट बैंक र सुप्रिम डेभलपमेण्ट बैंकबीच गाभ्ने/गाभिने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको बैंकले जारी गरेको विज्ञप्तिमा [&hellip;]</p>

काठमाडौं, ३० असार । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को बुधबार भैरहवामा सम्पन्न विशेष साधारण सभाले अन्य पाच वटा सस्थासँग गाभ्ने गाभिने प्रस्ताव पारित गरेको छ ।
ncc-bank
साधारण सभाले कुमारी बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंक, इण्टरनेशनल डेभलपमेण्ट बैंक, एपेक्स डेभलपमेण्ट बैंक र सुप्रिम डेभलपमेण्ट बैंकबीच गाभ्ने/गाभिने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि इन्फ्रास्ट्रक्चर डेभलपमन्ट बैंक, इण्टरनेशनल डेभलपमेण्ट (आईडी) बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट विशेष साधारण सभा गरेर मर्जको प्रस्ताव पारित गरिसकेका छन् ।
ID_bank
सभाले मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्न/गराउन बैंकको संचालक/व्यवस्थापन समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । मर्जर प्रयोजनको लागि सबै संस्थाहरुको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न नियुक्त लेखापरीक्षकले तयार पारेको सबै संस्थाहरुको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (डिडिए रिपोर्ट) अनुसार सेयर स्वाप रेसिया पनि साधारण सभाले पारित गरेको छ ।

नेटवर्थका आधारमा एनसीसी बैंक लि. को एक शेयर बरावर कुमारी बैंक लि. को एक शेयर, (१ः१), इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंकको शुन्य दशमलव सात सात शेयर (१ः०.७७), इण्टरनेशनल डेभलपमेण्ट बैंकको शुन्य दशमलव सात तीन शेयर (१ः०.७३), एपेक्स डेभलपमेण्ट बैकको शुन्य दशमलव चार आठ शेयर (१ः०.४८) र सुप्रिम डेभलपमेण्ट बैंकको शुन्य दशमलव सात सात शेयर (१ः०.७७) हुनेगरी स्वाप रेसियो सम्बन्धी विशेष प्रस्ताव पारित गरेको जनाइएको छ ।

Share News