हालसम्मकै उत्कृष्ठ मौद्रिक नीतिः लामिछाने

<p>काठमाडौं, ३० असार । डेभलपमेन्ट बैंकर्स एसोसियसनका अध्यक्ष तथा कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले नेपाल राष्ट्र बैंकले ल्याएको आगामी आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीति हालसम्मकै उत्कृष्ठ भएको बताएका छन् । मौद्रिक नीतिबारे विकासन्युजसँग कुरा उनले भने–यो हालसम्मकै उत्कृष्ठ मौद्रिक नीति हो, विकास बैंकहरु यो मौद्रिक नीतिको खुलेरै स्वागत गर्छाै । डेभलपमेन्ट [&hellip;]</p>

काठमाडौं, ३० असार । डेभलपमेन्ट बैंकर्स एसोसियसनका अध्यक्ष तथा कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले नेपाल राष्ट्र बैंकले ल्याएको आगामी आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीति हालसम्मकै उत्कृष्ठ भएको बताएका छन् ।
krishna_raj_lamichanne
मौद्रिक नीतिबारे विकासन्युजसँग कुरा उनले भने–यो हालसम्मकै उत्कृष्ठ मौद्रिक नीति हो, विकास बैंकहरु यो मौद्रिक नीतिको खुलेरै स्वागत गर्छाै । डेभलपमेन्ट बैंकर्सहरुले दिएका अधिकांश सुझावहरु समेटिएको बताउँदै उनले मौद्रिक नीतिले वित्तिय सुशासन र स्थायीत्वका लागि समेत महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए ।

१० लाखसम्मको कृषि कर्जालाई विपन्न वर्ग कर्जामा गणना, विकास बैंकको जोखिममा आधारित रिपोर्टिङ(बसेल–२ को कार्यान्वयन), मार्जिन ल्याण्डिङलाई ६० बाट घटाएर ५० बनाउनु, घरजग्गा कर्जालाई ६० बाट घटाएर ५० बनाउनु लगायतका कारणले मौद्रिक नीति उत्कृष्ठ ठहरिएको उनले बताए ।

बाणिज्य बैंक र लघुवित्तलाई अप्ठेरो
लामिछानेले मौद्रिक नीतिले बाणिज्य बैंक तथा लघुवित्त कम्पनीलाई भने अप्ठेरो पार्न सक्ने बताए । मौद्रिक नीतिले अघि सारेको दुई प्रतिशत अनिवार्य प्रत्यक्ष ग्रामिण कर्जा र लघुवित्तका लागि तोकिएको ७ प्रतिशतको स्प्रेड दरले समस्या ल्याउन सक्ने उनले बताएका हुन् ।

Share News