सिर्जना फाइनान्सको नाफा दोब्बर, ३० प्रतिशत बोनस सेयर दिन सक्ने

<p>काठमाडौं, ३ साउन । विराटनगरस्थित सिर्जना फाईनान्स कम्पनीले गत आर्थिक वर्ष ८ करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा फाइनान्सले १०० प्रतिशतभन्दा बढी नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्ष फाइनान्सले ४ करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट करिव ३० प्रतिशत [&hellip;]</p>

sirjana_financeकाठमाडौं, ३ साउन । विराटनगरस्थित सिर्जना फाईनान्स कम्पनीले गत आर्थिक वर्ष ८ करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा फाइनान्सले १०० प्रतिशतभन्दा बढी नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्ष फाइनान्सले ४ करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट करिव ३० प्रतिशत बोनस सेयर दिन सक्ने देखिएको छ । कम्पनीको चुक्ता पुँजी २१ करोड १६ लाख रुपैयाँ मात्र छ । राष्ट्र बैंकले २०७४ असार मसान्तसम्म फाइनान्स कम्पनीहरुको लागि ८० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएकोले यस फाइनान्सलाई पुँजी वृद्धि गर्न दवाव परेको छ ।

सिर्जना फाइनान्सको वित्तीय अवस्था राम्रो छ । निक्षेप २ अर्ब १६ करोड छ भने कर्जा तथा लगानी २ अर्ब २९ करोड रुपैयाँ रहेको छ । फाइनान्सको खराव कर्जा ०.३५ प्रतिशत मात्र रहेको छ भने कर्जा निक्षेप अनुपात ७४ प्रतिशत छ ।

Share News