कन्ट्री डेभलपमेन्ट बैंकले ७ दशमलब २५ प्रतिशत बोनस सेयर दिने

<p>काठमाडौं, ३ साउन । कन्ट्री डेभलपमेन्ट बैंकले सेयरधनीलाई ७ दशमलब २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । बैंकले हालको चुक्ता पूँजी ३३ करोड २८ लाख रुपैयाँको ७.२५ प्रतिशतका दरले २ करोड ४१ लाख २८ हजार रुपैयाँ बोनस सेयर दिने निर्णय गरेको हो । उक्त निर्णय बैंकको आगामी साउन २९ गते हुन लागेको आठौँ [&hellip;]</p>

काठमाडौं, ३ साउन । कन्ट्री डेभलपमेन्ट बैंकले सेयरधनीलाई ७ दशमलब २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । बैंकले हालको चुक्ता पूँजी ३३ करोड २८ लाख रुपैयाँको ७.२५ प्रतिशतका दरले २ करोड ४१ लाख २८ हजार रुपैयाँ बोनस सेयर दिने निर्णय गरेको हो ।

उक्त निर्णय बैंकको आगामी साउन २९ गते हुन लागेको आठौँ साधारणसभाले पारित गर्नेछ । सभाले पारित गरेपछि मात्र सेयरधनीले सो लाभांश पाउने बैंकले जनाएको छ ।

Share News