काठमाडौं । एनएमबि लघुवित्तको सेयर रजिष्टारमा पुनः एनएमबि क्यापिटल नियुक्त भएको छ । कार्त्तिक ११ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले संस्थाको सेयर रजिष्टारमा एनएमबि क्यापिटललाई नै पुनः नियुक्ति गर्ने निर्णय गरेको हो ।
त्यस्तै, सोहि बैठकले संस्थाको सञ्चालकमा पुनः रोमणीप्रसाद पाठकलाई नियुक्त गरेको छ । पाठकले एनएमबि बैंकबाट यो लघुवित्तमा प्रतिनिधित्व गर्दै आएका छन् ।