एनएमबि लघुवित्तले घोषणा गर्यो तीन वर्ष यताकै उच्च लाभांश

<p>काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई २२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कार्त्तिक ११ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको २१.५० प्रतिशत बोनस र १.१३ प्रतिशत नगद गरी कूल २२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको [&hellip;]</p>

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई २२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कार्त्तिक ११ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको २१.५० प्रतिशत बोनस र १.१३ प्रतिशत नगद गरी कूल २२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । जसलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी ५३ करोड ९८ लाख रुपैयाँ रहेको छ । २१.५० प्रतिशत बोनस सेयर पश्चात संस्थाको चुक्ता पुँजी ६५ करोड ६० लाख रुपैयाँ नाघ्ने छ ।

प्रस्तावित २२.६३ प्रतिशत लाभांश गत तीन वर्षयताकै उच्च हो । संस्थाले आर्थिक वर्ष २०७६/७७ मा २० प्रतिशत, आर्थिक वर्ष २०७५/७६मा १२.६३ र आर्थिक वर्ष २०७४/७५ मा १५.७८ प्रतिशत लाभांश वितरण गरेको थियो । संस्थाले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट भने २६.३१५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Share News