मेगा बैंकले घोषणा गर्यो लाभांश, चुक्ता पुँजी १६ अर्ब नाघ्ने

<p>काठमाडौं । मेगा बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कार्त्तिक २३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई १२.०७ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको सो मात्राको अर्थात एक अर्ब ७६ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । [&hellip;]</p>

काठमाडौं । मेगा बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कार्त्तिक २३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई १२.०७ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।

बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको सो मात्राको अर्थात एक अर्ब ७६ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले नगद लाभांश भने प्रस्ताव गरेको छैन ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर पश्चात बैंकको चुक्ता पुँजी १६ अर्ब ४१ करोड रुपैयाँ नाघ्ने छ ।

Share News