काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कार्त्तिक २५ गते दिउँसो ३ बजे बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । जसलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।
साथै, संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त लघुवित्ति वित्तीय संस्था एक आपसमा मर्ज भई गत आवमै एकीकृत कारोबार गरेकाले बोनस सेयरमा लाग्ने कर छुट भएको संस्थाले जानकारी गराएको छ ।
हाल संस्थाको चुक्ता पुँजी ४१ करोड १९ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी ४९ करोड रुपैयाँ नाघ्ने छ ।