काठमाडौं । आशा लघुवित्तको प्रस्तावित लाभांश पारित भएको छ । संस्थाले प्रस्ताव गरेको गत वर्षको लाभांश कात्तिक २९ गते सम्पन्न लघुवित्तको ५औं वार्षिक साधारणसभाले पारित गरेको हो ।
सभाले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, कर प्रयोजनको लागि १.३१५७८९४ प्रतिशत नगद लाभांश समेत सभाले पारित गरेको छ ।
सभाले अन्य ईजाजत-पत्र प्राप्त घ बर्गका कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्ती गर्ने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७८/७९ का निम्ति बाह्य लेखापरीक्षकका रुपमा के.एम.यु. एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्तिको प्रस्ताव पारित भएको छ ।
साथै, साधारण सभाबाट संथापक सेयरधनीको तर्फबाट संचालकमा निर्गुणप्रसाद भट्टचन, प्रदिपकुमार खड्का, सुसन शेरचन र कविता पोख्रेल निर्विरोध निवार्चित भएका छन् । साथै, सोही दिनमा बसेको संचालक समितिको बैठकले निर्गुण प्रसाद भट्टचनलाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ ।
संस्थाले २०७३ भदौ १५ गतेदेखि कारोबार शुरु गरेको हो । हालसम्ममा संस्थाले ६७ हजार ग्राहक सदस्य मार्फत ४ अर्ब ४६ करोड कर्जा लगानी गरी १ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरेको प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले बताएका छन् ।