इश्वरपुर नगरपालिकाका वडा सदस्य साढे १ लाख घुससहित पक्राउ

<p>काठमाडौं । सर्लाहीको इश्वरपुर नगरपालिकाका वडा नं ११ का वडा सदस्य सोनेलाल साह र उमेश राय साढे १ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वर्दिबास टोलीले सूचनाको आधारमा साह र रायलाई वडा न‌ं ७ स्थित साहक कृष्ण इन्टरप्राइजेजबाट घुससहित पक्राउ गरेको हो । उनीहरुले ढलानसम्बन्धी काम सम्पन्न भएपछि उपभोक्ता समितीलाई सिफारिस गरिदिए वापत [&hellip;]</p>

काठमाडौं । सर्लाहीको इश्वरपुर नगरपालिकाका वडा नं ११ का वडा सदस्य सोनेलाल साह र उमेश राय साढे १ लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वर्दिबास टोलीले सूचनाको आधारमा साह र रायलाई वडा न‌ं ७ स्थित साहक कृष्ण इन्टरप्राइजेजबाट घुससहित पक्राउ गरेको हो ।

उनीहरुले ढलानसम्बन्धी काम सम्पन्न भएपछि उपभोक्ता समितीलाई सिफारिस गरिदिए वापत घुस मागेका थिए ।  उनीहरुमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Share News