काठमाडौं । मंगलबार सेयर कारोबार खुलेको २ घण्टामा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दिउँसो एक बजेसम्मको अवधिमा नेपाल बङ्गलादेश (एनबी) बैंक, बोलर्स नेपाल (तराई), अप्पर तामाकोशी हाइड्रोपावर र तेह्रथुम पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।
एनबी बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३५८ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३२.६० रुपैयाँले बढी हो । त्यस्तै, बोटलर्स नेपालको १० प्रतिशत अर्थात १३ सय रुपैयाँले बढेर १४ हजार ३०८ रुपैयाँ पुगेको छ ।
अप्परको १० प्रतिशतले बढेर प्रतिकित्ता ६४१ रुपैयाँ पुगेको छ । जुन सोमबारको तुलनामा ५३.३० रुपैयाँले बढी हो ।
त्यसैगरी, दैनिक सकारात्मक सर्किट लागेको तेह्रथुम पावरको सेयरमा आज पनि सर्किट लागेको छ । सोमबारको तुलनामा कम्पनीको सेयर मूल्य ४८.३० रुपैयाँले बढेर प्रतिकित्ता ५३१.६० रुपैयाँ पुगेको छ । जुन प्रतिशतको आधारमा ९.९९ प्रतिशतले बढी हो ।
यो समाचार तयार पर्दासम्म नेप्से परिसूचक ४३.१० अंकले बढेर २७५८.४५ बिन्दुमा पुगेको छ । जुन सोमबारको भन्दा १.५९ प्रतिशतले बढी हो ।
हालसम्म २ अर्ब ६६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । जसमध्ये तीन कम्पनीको १० करोड रुपैयाँभन्दा बढीको कारोबार भइसकेको छ । सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीको १८ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड र लुम्बिनी विकास बैंकको १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भइसको छ ।
यो अवधिसम्म कारोबारमा आएका सबै समूह उकालो लागेर हरिया देखिएका छन् ।