पिपुल्स हाइड्रोले बोलायो साधारणसभा, आईपीओ जारी गर्नेदेखि सुपरदोर्दीलाई मर्ज गर्ने प्रस्ताव

<p>काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले आगामी मंसिर २३ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान साढे १० बजे काठमाडौंको क्वालिटी बेङ्क्वेट बुद्धनगरमा गत आर्थिक वर्षको सभा बोलाएको हो । कम्पनीले सभामा साधारण सेयर (आईपीओ) जारी गर्नेदेखि सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनीलाई मर्जर गर्ने विशेष प्रस्ताव लैजाँदै छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई [&hellip;]</p>

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले आगामी मंसिर २३ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान साढे १० बजे काठमाडौंको क्वालिटी बेङ्क्वेट बुद्धनगरमा गत आर्थिक वर्षको सभा बोलाएको हो ।

कम्पनीले सभामा साधारण सेयर (आईपीओ) जारी गर्नेदेखि सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनीलाई मर्जर गर्ने विशेष प्रस्ताव लैजाँदै छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई सेयर जारी गर्ने र आईपीओ जारी बाट प्राप्त हुने रकम उपयोग गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै, सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनीलाई मर्जर गर्ने सम्बन्धमा सभाले आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव रहेको छ ।

Share News