काठमाडौं । यूनिलिभर नेपालले सेयरधनीलाई लाभांश पठाउन शुरु गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को ६५० रुपैयाँ बराबरको नगद लाभांश मंसिर १ गतेबाट सम्बन्धित सेयरधनीलाई पठाउन थालेको हो ।
उक्त लाभांशलाई कार्त्तिक ११ गते सम्पन्न कम्पनीको २८औं वार्षिक साधारणसभाले सेयरधनीलाई पारित गरेको हो ।
संस्थाले गत असोज २५ गतदेखि कार्त्तिक ११ गतेसम्म बुक क्लोज गरेको थियो । यससँगै कम्पनीले असोज २४ गतेसम्म कायम सेयरधनीलाई ६५० रुपैयाँ बराबरको लाभांश पठाउने भएको छ ।