तीन लघुवित्तले २० करोड ९६ लाखको एफपीओ जारी गर्ने, मागे बोर्डको अनुमति

<p>काठमाडौं । विभिन्न तीन लघुवित्तले कूल २० करोड ९६ लाख रुपैयाँ बराबरको थप प्राथमिक निष्काशन (एफपीओ) जारी गर्ने भएका छन् । किसान लघुवित्त वित्तीय संस्था, नयाँ सारथी लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले कूल १६ लाख ७९ हजार २२४ कित्ता सेयर (एफपीओ) जारी गर्ने प्रकृया अघि बढाएका हुन् । जसमध्ये किसान लघुवित्तले १६ [&hellip;]</p>

काठमाडौं । विभिन्न तीन लघुवित्तले कूल २० करोड ९६ लाख रुपैयाँ बराबरको थप प्राथमिक निष्काशन (एफपीओ) जारी गर्ने भएका छन् । किसान लघुवित्त वित्तीय संस्था, नयाँ सारथी लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले कूल १६ लाख ७९ हजार २२४ कित्ता सेयर (एफपीओ) जारी गर्ने प्रकृया अघि बढाएका हुन् ।

जसमध्ये किसान लघुवित्तले १६ करोड २२ लाख ८२ हजार ४३६ रुपैयाँ बराबरको एफपीओ जारी गर्न लागेको छ । संस्थाले अंकित मूल्य एक सय रुपैयाँमा २५ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२५ रुपैयाँमा १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ जारी गर्न बोर्डको अनुमति मागेको हो । संस्थाले गत असार २९ गते नै बोर्डसँग अनुमति मागेको थियो । बोर्डको अनुमति पाएसँगै संस्थाले सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल मार्फत एफपीओ जारी गर्ने छ ।

त्यस्तै, नयाँ सारथी लघुवित्तले ३ करोड ८२ लाख ३९ हजार २८४ रुपैयाँ बराबरको एफपीओ जारी गर्ने बोर्डसँग अनुमति मागेको छ । संस्थाले प्रतिकित्ता ११६ रुपैयाँमा (अंकित मूल्य एक सय रुपैयाँमा थप १६ रुपैयाँ प्रिमियम) ३ लाख २९ हजार ६४९ कित्ता सेयर जारी गर्ने छ । संस्थाले २०७८ भदौ ९ गते नै बोर्डसँग अनुमति मागेको हो । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

त्यसैगरी, मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ९१ लाख २३ हजार ९८४ रुपैयाँ बराबरको एफपीओ जारी गर्न कार्त्तिक २३ गते नै बोर्डसँग अनुमति मागेको छ । संस्थाले अंकित मूल्य एक सय रुपैयाँमा थप ७७.८ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १७७.८ रुपैयाँमा ५१ हजार ३१६ कित्ता एफपीओ जारी गर्न लागेको हो । संस्थाको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग रहेको छ ।

Share News