प्रभु क्यापिटल बन्यो खानीखोला हाइड्रोको सेयर रजिष्ट्रार

<p>काठमाडौं । खानीखोला हाइड्रोपावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । हाइड्रोको सञ्चालक समितिको बैठकले क्यापिटललाई सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै, खानीखोलाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं सेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडले [&hellip;]</p>

काठमाडौं । खानीखोला हाइड्रोपावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । हाइड्रोको सञ्चालक समितिको बैठकले क्यापिटललाई सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

यससँगै, खानीखोलाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं सेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

Share News