छिमेक लघुवित्तले बढायो लाभांशदर, बोनस मात्रै २७ प्रतिशत, नगद कति ?

<p>काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको २७ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश [&hellip;]</p>

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

मंसिर १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको २७ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा बढी हो । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २९ प्रतिशत(२२ प्रतिशत बोनस र ७ प्रतिशत नगद) लाभांश वितरण गरेको थियो ।

हाल संस्थाको चुक्ता पुँजी एक अर्ब ८३ करोड रुपैयाँ रहेको छ । २७ प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी २ अर्ब ३२ करोड रुपैयाँ नाघ्ने छ ।

Share News