लाभांश पारित गर्न मेरो माइक्रोफाइनान्सले बोलायो एजीएम, तोक्यो बुक क्लोजको मिति

<p>काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आगामी मंसिर २४ गते वार्षिक साधारणसभा (एजीएम) आव्हान गरेको छ । संस्थाले सो दिन बिहान ११ः३० बजे नुवाकोटको बट्टारस्थित होटल वाटर टावरमा आफ्नो नवौं वार्षिक साधारणसभा गर्न लागेको हो । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले आगामी मंसिर ९ गतेदेखि मंसिर २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको [&hellip;]</p>

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आगामी मंसिर २४ गते वार्षिक साधारणसभा (एजीएम) आव्हान गरेको छ । संस्थाले सो दिन बिहान ११ः३० बजे नुवाकोटको बट्टारस्थित होटल वाटर टावरमा आफ्नो नवौं वार्षिक साधारणसभा गर्न लागेको हो ।

उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले आगामी मंसिर ९ गतेदेखि मंसिर २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै मंसिर ८ गतेसम्म कायम सेयरधनीले संस्थाले प्रस्तावित गरेको गत वर्षको लाभांश पाउने छन् ।

संस्थाले सेयरधनीलाई २० प्रतिशत बोनस र १.०५२६ प्रतिशत नगद (कर प्रयोजनको लागि) गरी २१.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई आगामी साधारणसभाले पारित गर्दै छ ।

सम्बन्धित सामाग्री

मेरो माइक्रोफाइनान्सले सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने

Share News