महालक्ष्मी फाइनान्सको पनि १७ प्रतिशत वृद्धि, १६ प्रतिशत बोनस सेयर दिन सक्ने

<p>काठमाडौं, ७ साउन । महालक्ष्मी फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष १० करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष तुलानामा फाइनान्सले १७ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्षमा फाइनान्सले ८ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको थियो । फाइनान्सले गत आर्थिक बर्षको नाफाबाट करिब १६ प्रतिशत बोनस सेयर [&hellip;]</p>

mahalaxmi_financeकाठमाडौं, ७ साउन । महालक्ष्मी फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष १० करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष तुलानामा फाइनान्सले १७ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्षमा फाइनान्सले ८ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
फाइनान्सले गत आर्थिक बर्षको नाफाबाट करिब १६ प्रतिशत बोनस सेयर दिन सक्ने देखिएको छ । फाइनान्सको चुक्ता पुँजी ४८ करोड ३० लाख रुपैयाँ मात्र छ । यस फइनान्सले निक्षेप ५ अर्ब ४३ करोड रुपैयाँ र कर्जा तथा लगानी ४ अर्ब ७७ करोड रुपैयाँ परिचालन गरेको छ । फाइनान्सको खराब कर्जा ०.२७ प्रतिशत मात्र छ भने कर्जा निक्षेप अनुपात ७३ प्रतिशत रहेको छ ।

Share News