सेयर बजारः परिसूचकमा देखियो सुधार, कारोबार भने ३ अर्ब ९२ करोडमा सीमित

<p>काठमाडौं । सोमबारको बजारमा नेप्से परिसूचकमा सुधार देखिएको छ । आइतबार ओरालो लागेको नेप्से परिसूचक सोमबार ७.९० अंकले बढेर २७६५.४४ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२९ प्रतिशतले बढी हो । परिसूचकमा सुधार देखिएपनि कारोबार रकम भने घटेको छ । दिनभरको कारोबार रकम ३ अर्ब ९२ करोड रुपैयाँमा सीमित भएको छ । आइतबारको [&hellip;]</p>

काठमाडौं । सोमबारको बजारमा नेप्से परिसूचकमा सुधार देखिएको छ । आइतबार ओरालो लागेको नेप्से परिसूचक सोमबार ७.९० अंकले बढेर २७६५.४४ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२९ प्रतिशतले बढी हो ।

परिसूचकमा सुधार देखिएपनि कारोबार रकम भने घटेको छ । दिनभरको कारोबार रकम ३ अर्ब ९२ करोड रुपैयाँमा सीमित भएको छ । आइतबारको बजारमा भने ४ अर्ब ३५ करोडको सेयर कारोबार भएको थियो ।

आइतबारजस्तै, सोमबारको बजारमा पनि महालक्ष्मी विकास बैंकको उच्च कारोबार भएको छ । बैंकको दिनभरमा ३४ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

त्यस्तै, बजारमा दुई कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भएको छ । मान्षी लघुवित्त वित्तीय संस्था र चन्द्रागिरी हिल्सको सेयर मूल्य क्रमशः १० र ९.७५ प्रतिशतले बढेर सर्किट लेभलमा किनबेच भएको हो । यससँगै यी दुईको सेयर मूल्य क्रमशः प्रतिकित्ता १८०९ र १७०० रुपैयाँ पुगेको छ ।

सोमबार कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा बढी ३.७० प्रतिशतले घटेको छ । यससँगै संस्थाको सेयर मूल्य ३४ रुपैयाँले घटेर प्रतिकित्ता ८८४ रुपैयाँमा झरेको छ ।

बजारमा कारोबारमा आएकामध्ये ५ वटा समूह ओरालो लागेका छन् भने बाँकी समूह उकालो लागेका छन् ।

Share News