काठमाडौं, ७ साउन । विदेशमा रहेका नेपालीहरुले श्रम गरी आर्जन गरेको रेमिट्यान्स मुलुक भित्र्याउँदै आएको रेमिट्यान्स कम्पनी आई पे रिलायबल रेमिट्यान्स र माछापुच्छ्रे बैकबीच रेमिट्यान्स सम्झौता भएको छ । विदेशबाट आई पे मार्फत पठाएको पैसा ग्राहकहरुले आफुलाई पायक पर्ने माछापुच्छ्रे बैकको शाखा बाट भुक्तानी लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।
विदेशबाट सुरक्षित र भरपर्दो तरिकाले रेमिट्यान्स भित्र्याउँदै आएको आई पे ले अमेरिका, साउदी अरब, कतार, मलेशिया, युएई, बेलायत, अष्ट्रेलिया, जापान लगायत नेपाली कार्यरत सबैजसो मुलुकहरुबाट विभिन्न रेमिट्यान्स कम्पनीहरुसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ । आई पे रिलायबल रेमिट्यान्स को नेपाल भर ३ हजार ५ सय भन्दा बढी भुक्तानी काउन्टरहरु रहेका छन् र बैंक वित्तिय संस्थाको पहुंच नभएको क्षेत्रमा यस्ता भुक्तानी काउन्टर हरुबाट ग्राहकहरुले भुक्तानी लिन सक्ने छन् ।