सेयर बजारमा ४९ अंकको उतारचढाव

<p>काठमाडौं । बुधबारको बजारमा तीव्र उतारचढाव देखिएको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचकमा ४९.१६ अंकको उतारचढाव देखिएको हो । दिनभरको कारोबारमा परिसूचक न्यूनतम २६९४.०६ बिन्दुबाट अधिकतम २७४३.२२ बिन्दुसम्म पुगेको थियो । तर अन्त्यमा २७३४.९४ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा सामान्य १.८२ अंक अर्थात ०.०७ प्रतिशतले बढी हो । बजारमा परिसूचकसँगै [&hellip;]</p>

काठमाडौं । बुधबारको बजारमा तीव्र उतारचढाव देखिएको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचकमा ४९.१६ अंकको उतारचढाव देखिएको हो ।

दिनभरको कारोबारमा परिसूचक न्यूनतम २६९४.०६ बिन्दुबाट अधिकतम २७४३.२२ बिन्दुसम्म पुगेको थियो । तर अन्त्यमा २७३४.९४ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा सामान्य १.८२ अंक अर्थात ०.०७ प्रतिशतले बढी हो ।

बजारमा परिसूचकसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । मंगलबार ४ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बुधबार भने ४ अर्ब २१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

मंगलबार जस्तै बुधबार पनि एटीसीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन २६ करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कम्पनीको कारोबारसँगै सेयर मूल्य पनि ८ रुपैयाँले बढेर प्रतिकित्ता १४६५ रुपैयाँ पुगेको छ ।

बजारमा मैलुङ्ग खोला जलविद्युत कम्पनीको सेयर मूल्य सबैभन्दा बढी अर्थात ९.४७ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा गोर्खाज फाइनान्स रहेको छ । संस्थाको सेयर मूल्य २.५५ प्रतिशतले घटेर प्रतिकित्ता ८४२ अंकमा झरेको छ ।

Share News