साना किसान विकास लघुवित्तको लाभांश घोषणा

<p>काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २६.३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । संस्थाले आर्थिक वर्ष २०७७/७८ सम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.३२ प्रतिशत नगद लाभांश वितरण [&hellip;]</p>

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २६.३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

संस्थाले आर्थिक वर्ष २०७७/७८ सम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

Share News