काठमाडाैं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाकाे २७.३७ लाभांश पारित भएकाे छ । मंसिर १० गते बसेकाे लघुवित्तकाे १० औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
सभाले पारित गरेसँगै सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र ७.३७ प्रतिशत (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरी) नगद लाभांश पाउने छन् ।
बाेनश शेयर पश्चात कम्पनीको चुक्ता पूँजी रु. ३८ करोड ४० लाख ५४ हजार पुग्नेछ ।
सभाले अन्य इजाजतपत्र प्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेका व्यक्तिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्तावलाई समेत निरन्तरता दिएकाे छ ।
नेपाल राष्ट्र बैंकबाट २०६८ फाल्गुण २३ गते वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त संस्थाले २०६९ जेष्ठ २२ गतेबाट नुवाकोटको बट्टारबाट लघुवित्त कारोवार शुरु गरेकोमा हाल आएर देशभर ५५ जिल्लाहरुमा ७७ वटा शाखा कार्यालयहरु मार्फत ९६ हजार ग्राहक सदस्यहरुलाई प्रत्यक्ष सेवा पुर्याएको छ ।
संस्थाले ७ अर्ब १५ कराेड कर्जा लगानी गरेको छ भने आफ्ना ग्राहक सदस्यहरुबाट २ अर्ब २ कराेड बचत संकलन गरेको छ ।