
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
मंसिर १५ गते बिहान बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २० प्रतिशत बोनस र ५ प्रतिशत नगद (करसहित) गरी २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा बढी हो । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई बोनस र नगदसहित २० प्रतिशत लाभांश वितरण गरेको थियो ।