नारायणी डेभलपमेन्ट बैंकले हकप्रद जारी गर्न तोक्यो बुक क्लोजको मिति

<p>काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर जारी गर्न बुक क्लोजको मिति तय गरेको छ । बैंकले उक्त प्रयोजनको लागि आगामी मंसिर २४ गते बुक क्लोज गर्न लागेको हो । बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । जसलाई २०७७ माघ १६ गते सम्पन्न बैंकको [&hellip;]</p>

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर जारी गर्न बुक क्लोजको मिति तय गरेको छ । बैंकले उक्त प्रयोजनको लागि आगामी मंसिर २४ गते बुक क्लोज गर्न लागेको हो ।

बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । जसलाई २०७७ माघ १६ गते सम्पन्न बैंकको १९औं वार्षिक साधारणसभाले पारित गरिसकेको छ ।

यससँगै मंसिर २३ गतेसम्म कम्पनीको सेयर किन्ने तथा होल्ड गर्ने सेयरधनीमात्रै बैंकको हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन् ।
त्यसैगरी, बैंकले आगामी माघ १६ गते १९औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ ।

Share News