नेप्से परिसूचक बढ्दा सेयर कारोबार पौने ३ अर्बमा सीमित

<p>काठमाडौं । बुधबारको बजारमा नेप्से परिसूचक बढेको छ । पछिल्लो केही दिनयतादेखि निरन्तर घटेको परिसूचक बुधबार भने ५.२८ अंकले बढेर २६३३.६६ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२० प्रतिशतले बढी हो । अघिल्लो दिनको तुलनामा परिसूचकमा सुधार देखिए पनि कारोबार रकम घटेको छ । पछिल्लो केही दिन अर्थात साताको सुरुवातदेखि यता कारोबार रकम [&hellip;]</p>

काठमाडौं । बुधबारको बजारमा नेप्से परिसूचक बढेको छ । पछिल्लो केही दिनयतादेखि निरन्तर घटेको परिसूचक बुधबार भने ५.२८ अंकले बढेर २६३३.६६ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२० प्रतिशतले बढी हो ।

अघिल्लो दिनको तुलनामा परिसूचकमा सुधार देखिए पनि कारोबार रकम घटेको छ । पछिल्लो केही दिन अर्थात साताको सुरुवातदेखि यता कारोबार रकम निरन्तर रुपमा घटिरहेको छ । आइतबारदेखि यता ४ दिनमै सेयर कारोबार ३ अर्ब ९ करोड रुपैयाँले घटिसकेको छ । आइतबार ५ अर्ब ८३ करोडको कारोबार भएको बजारमा बुधबार २ अर्ब ७४ करोड रुपैयाँमा खुम्चिएको छ । जुन मंगलबारको तुलनामा ३४ करोडले घटी हो ।

बुधबारको बजारमा दुई कम्पनीको १० करोडभन्दा माथिको सेयर कारोबार भएको छ । जसमध्ये एनटीसीको सबैभन्दा बढी अर्थात १४ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको १० करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सामान्य अंकले बढेको बजारमा दुई कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भएको छ । सामलिङ् पावर कम्पनी र न्यादि हाइड्रोपावर दुबैको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर क्रमशः प्रतिकित्ता ४६१ र ३७५ रुपैयाँ पुगेको छ ।

आईसीएफसी फाइनान्सको सेयर मूल्य सबैभन्दा बढी अर्थात ५.६२ प्रतिशतले घटेर प्रतिकित्ता ८४० रुपैयाँमा झरेको छ ।

बुधबार अधिकांश समूह हरिया देखिएका छन् । होटल, जीवन बीमा, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूह बाहेक बाँकी समूह उकालो लागेर हरिया देखिएका हुन् ।

Share News