माछापुच्छ्रे कृति क्यापिटलले व्यवस्थापन गर्यो एक अर्बको लगानी

<p>काठमाडौं । माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे कृति क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको लगानी व्यवस्थापन गर्न सफल भएको छ । क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत सो मात्राको लगानी व्यवस्थापन गरेको हो । यो अवसरमा क्यापिटलले संस्थालाई यो उचाइमा पुर्याउन सहयोग तथा साथ दिने सबैलाई धन्यवाद दिएको छ । क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी [&hellip;]</p>

काठमाडौं । माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे कृति क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको लगानी व्यवस्थापन गर्न सफल भएको छ । क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत सो मात्राको लगानी व्यवस्थापन गरेको हो ।

यो अवसरमा क्यापिटलले संस्थालाई यो उचाइमा पुर्याउन सहयोग तथा साथ दिने सबैलाई धन्यवाद दिएको छ ।

क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी विगत आठ वर्षदेखि धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै, क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत कम्पनीले स्वेच्छिक लगानी व्यवस्थापन सेवा र गैह्र स्वेच्छिक लगानी व्यवस्थापन सेवा तथा खरिद बिक्री सम्बन्धी परामर्श सेवा प्रदान गर्दै आएको छ ।

Share News