काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । ४७.५० प्रतिशत बोनस सेयर पश्चात संस्थाको सेयर मूल्य समायोजन भएको हो ।
समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १ हजार ७३८.०२ रूपैयाँले घटेको छ । बुधबार प्रतिकित्ता ५३९७ रुपैयाँमा अन्तिम कारोबार भएको संस्थाको सेयर मूल्य समायोजन पश्चात प्रतिकित्ता ३६५८.९८ रुपैयाँ कायम भएको छ ।