काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
मंसिर १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १० प्रतिशत बोनस र ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।
हाल संस्थाको चुक्ता पुँजी ८६ करोड ४० लाख रुपैयाँ छ । १० प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ९५ करोड रुपैयाँ नाघ्ने छ ।