सेयर बजार राताम्मे, ६४ अंकले ओरालो लाग्यो नेप्से परिसूचक

<p>काठमाडौैं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा ओरालो लागेको छ । साताको पहिलो दिन अर्थात आइतबारको बजार पनि कारोबार खुलेदेखि नै निरन्तर रुपमा घटीरहेको छ । दिउँसो साढे एक बजेसम्ममा परिसूचक ६४.७५ अंकले घटेर २५२१.४४ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.५० प्रतिशतले घटी हो । कारोबार खुलेको साढे २ घण्टामा २ [&hellip;]</p>

काठमाडौैं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा ओरालो लागेको छ । साताको पहिलो दिन अर्थात आइतबारको बजार पनि कारोबार खुलेदेखि नै निरन्तर रुपमा घटीरहेको छ ।

दिउँसो साढे एक बजेसम्ममा परिसूचक ६४.७५ अंकले घटेर २५२१.४४ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.५० प्रतिशतले घटी हो ।

कारोबार खुलेको साढे २ घण्टामा २ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । हालसम्म कम्पनीको १९ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, न्यादी हाइड्रोपावरको सेयर सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४५४.४० रुपैयाँ पुगेको छ ।

बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।

Share News