जनउत्थान सामुदायिक लघुवित्तको लाभांश घोषणा

<p>काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.३१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर १९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो [&hellip;]</p>

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.३१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

मंसिर १९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी ११ करोड ८३ लाख रुपैयाँ छ । २५ प्रतिशत बोनस सेयर पश्चात संस्थाको चुक्ता पुँजी १४ करोड ७८ लाख रुपैयाँ नाघ्ने छ ।

Share News