काठमाडौं । सोमबारको सेयर बजार निरन्तर रुपमा घटीरहेको छ । सो दिन नियमित कारोबार खुलेको एक घण्टामै नेप्से परिसूचक ७०.३६ अंकले घटेर २४४३.५१ बिन्दुमा झरेको छ । जुन प्रतिशतको आधारमा २.८० प्रतिशतले घटी हो ।
एक घण्टाको अवधिमा बजारमा एक अर्ब १३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा २०९ वटा स्क्रीप्टहरुको २२ लाख २९ हजार ६६० हजार कित्ता सेयर किनबेच भइसकेको छ ।
नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । एक घण्टामा कम्पनीको ४ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ ।
त्यस्तै, बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।
केही दिनयता सेयर बजार निरन्तर रुपमा आरालो लागिरहेको छ । लगानीकर्ताको मनोबल घट्दै गएपछि बजार निरन्तर रुपमा घटेको हो ।