काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले वार्षिक साधारणसभा (एजीएम) र बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले १०औं वार्षिक साधारणसभामा आगामी पुस २२ गते बिहान ९ बजे काठमाडौंको हात्तीसारस्थित कम्पनीको कार्यालयमा बोलाएको छ ।
सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी पुस ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
सभाले सेयरधनीलाई वितरण गर्ने प्रस्तावित लाभांशलाई पारित गर्दै छ । कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।