बजारमा एकैदिन ११० अंकको उतारचढाव, परिसूचक र कारोबार दुबै बढ्यो

<p>काठमाडौं । सोमबारको बजारमा तीव्र उतारचढाव देखिएको छ । सेयर मूल्य मापक नेप्से परिसूचकमा एकैदिन ११० अंकको उतारचढाव देखिएको हो । बजारमा घटेर न्यूनतम २४३८.८६ बिन्दुमा झरेको परिसूचक बढेर अधिकतम २५४९.५० बिन्दुसम्म पुगेको थियो । कारोबार शुरु भएको एक घण्टामै ७२ अंकले ओरालो लागेको बजारमा त्यसपछिको कारोबारमा भने बजारलाई टेवा पुगेको देखिन्छ । र, अन्त्यमा बजार बन्द [&hellip;]</p>

काठमाडौं । सोमबारको बजारमा तीव्र उतारचढाव देखिएको छ । सेयर मूल्य मापक नेप्से परिसूचकमा एकैदिन ११० अंकको उतारचढाव देखिएको हो ।

बजारमा घटेर न्यूनतम २४३८.८६ बिन्दुमा झरेको परिसूचक बढेर अधिकतम २५४९.५० बिन्दुसम्म पुगेको थियो । कारोबार शुरु भएको एक घण्टामै ७२ अंकले ओरालो लागेको बजारमा त्यसपछिको कारोबारमा भने बजारलाई टेवा पुगेको देखिन्छ । र, अन्त्यमा बजार बन्द हुँदा परिसूचक ३२.२२ अंकले बढेर २५४६.०९ बिन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १.२८ प्रतिशतले बढी हो ।

बजारमा परिसूचकसँगै सेयर कारोबारमा पनि सुधार देखिएको छ । आइतबार ४ अर्ब ४ करोडको सेयर कारोबार भएको बजारमा सोमबार भने ४ अर्ब ४९ करोडको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन १७ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बजारमा मेरो मात्रक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ११५७ रुपैयाँ पुगेको छ । बढी गुमाउनेमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाको सेयर मूल्य ६.८८ अर्थात १९५.१० रुपैयाँले घटेर प्रतिकित्ता २६४० रुपैयाँमा झरेको छ ।

Share News