काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले संस्थाको १७ प्रतिशत लाभांश प्रस्तावलाई स्वीकृत गरेको हो ।
उक्त स्वीकृत लाभांशलाई संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने हुन्छ ।
संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको सो मात्राको लाभांश प्रस्ताव गरेको हो ।
साविक मनकामना लघुवित्त वित्तीय संस्था र साविक स्मार्ट लघुवित्त वित्तीय संस्थाबीच मर्जर कार्य सम्पन्न भई एकीकृत कारोबार गरेकाले घोषित लाभांशमा कर छुटको व्यवस्था रहेको छ । सोहि कारण संस्थाले कर प्रयोजनको नगद लाभांश नछुट्याएको जानकारी गराएको छ ।
हाल संस्थाको चुक्ता पुँजी १२ करोड ११ लाख रुपैयाँ रहेको छ । १७ प्रतिशत बोनस सेयर पश्चात संस्थाको चुक्ता पुँजी १४ करोड रुपैयाँ नाघ्ने छ ।
सम्बन्धित समाचार