गणपति लघुवित्तको पुस ७ गतेदेखि बुक क्लोज

<p>काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले आगामी पुस ७ गतेदेखि बुक क्लोज गर्न लागेको छ । संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्न लागेको हो । संस्थाको आगामी वार्षिक साधारणसभा पुस १७ गते शनिबार बिहान ११ बजे तनहुँको ह्वाइटहाउस पार्टी प्यालेसमा बस्दै छ । सभाले सेयरधनीलाई वितरण गर्ने लाभांश [&hellip;]</p>

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले आगामी पुस ७ गतेदेखि बुक क्लोज गर्न लागेको छ । संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्न लागेको हो ।

संस्थाको आगामी वार्षिक साधारणसभा पुस १७ गते शनिबार बिहान ११ बजे तनहुँको ह्वाइटहाउस पार्टी प्यालेसमा बस्दै छ । सभाले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्तावलाई पारित गर्दै छ । संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र १२ लाख ७३ हजार रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै, सभाले संस्थाको संस्थापक र सर्वसाधारण सेयरधनीकोतर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन तथा मनोनयन समर्थन गर्दै छ ।साथै, एक वा एकभन्दा बढी लघुवित्तहरु मर्ज तथा एक्वायर गर्ने गरिने सम्बन्धी आवश्यक कार्यहरु गर्नको लागि सभाले सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव गरेको छ ।

संस्थाले पुस ७ गतेदेखि बुक क्लोज गर्ने भएसँगै पुस ६ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।

Share News