गरिमा विकास बैंकको ऋणपत्रः हालसम्म कतिले दिए आवेदन ?

<p>काठमाडौं । गरिमा विकास बैंकले निष्काशन गरेको ऋणपत्रमा हालसम्म ७३ करोड २४ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । मंसिर १७ गतेदेखि निष्काशित भएको उक्त ऋणपत्रमा मंसिर २१ गते मंगलबारसम्ममा सो मात्राको आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग (सीडीएससी) ले जनाएको हो । सीडीएससीका अनुसार मंगलबार दिउँसो ४ बजेसम्ममा १३ लाख ९२४ हजार जना आवेदकले ७ [&hellip;]</p>

काठमाडौं । गरिमा विकास बैंकले निष्काशन गरेको ऋणपत्रमा हालसम्म ७३ करोड २४ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । मंसिर १७ गतेदेखि निष्काशित भएको उक्त ऋणपत्रमा मंसिर २१ गते मंगलबारसम्ममा सो मात्राको आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग (सीडीएससी) ले जनाएको हो ।

सीडीएससीका अनुसार मंगलबार दिउँसो ४ बजेसम्ममा १३ लाख ९२४ हजार जना आवेदकले ७ लाख ३२ हजार ४७३ थान ऋणपत्रको लागि आवेदन दिएका हुन् । जुन बैंकले माग गरेको तुलनामा ७३.२४ प्रतिशत हो ।

बैंकले गत मंसिर १७ गतेदेखि ‘गरिमा डिबेञ्चर २०८५’ नामक १० लाख कित्ता ऋणपत्र जारी गरिरहेको छ । जसमध्ये ६ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने र ४ लाख कित्ता सर्वसाधारणलाई सार्वजनिक निष्काशनबाट बिक्री गरिने बैंकले जनाएको छ ।

उक्त ऋणपत्रको अवधि ७ वर्षको रहेको छ । जसमा वार्षिक ८.७५ प्रतिशत ब्याज पाइने छ ।

Share News