मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

<p>काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले सेयरधनीलाई १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र [&hellip;]</p>

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले सेयरधनीलाई १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी ७९ करोड ७३ लाख रुपैयाँ छ । १३.७० प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ९० करोड ३३ लाख रुपैयाँ नाघ्ने छ ।

Share News