काठमाडौं । घलेम्दी हाईड्रोले आगामी पुस १६ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले सो दिन बिहान ११ बजे काठमाडौंको नयाँ बजारस्थित सासा ब्याङ्गकेटमा आठौं वार्षिक साधारणसभा बोलाएको हो ।
सभाले आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्दै छ । त्यस्तै, चालु आर्थिक वर्षको लेखापरीक्षको लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सञ्चालक समितिको सामान्य प्रस्ताव रहेको छ ।
संस्थाले यो वर्ष सेयरधनीलाई लाभांश वितरण गर्ने कुनै प्रस्ताव गरेको छैन ।
सभामा जाने प्रयोजनको लागि संस्थाको पुस ५ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।