९ महिना अघिको बिन्दुमा पुगेर फर्कियो नेप्से, तीन समूह देखिए हरिया

<p>काठमाडौं । बिहीबारको नेप्से परिसूचक गत ९ महिनाअघिको बिन्दुमा पुगेर फर्किएको छ । दिउँसो साढे १ बजेतिर परिसूचक २४२८ बिन्दुमा पुगेर फर्किएको हो । जुन गत चैत ४ गते यताकै न्यून बिन्दु हो । २०७७ चैत ४ गते नेप्से परिसूचक २४३२ बिन्दुमा थियो । यसयता परिसूचक उक्त न्यून बिन्दुमा पुगेको थिएन । त्यस्तै, २०७७ चैत [&hellip;]</p>

काठमाडौं । बिहीबारको नेप्से परिसूचक गत ९ महिनाअघिको बिन्दुमा पुगेर फर्किएको छ । दिउँसो साढे १ बजेतिर परिसूचक २४२८ बिन्दुमा पुगेर फर्किएको हो । जुन गत चैत ४ गते यताकै न्यून बिन्दु हो ।

२०७७ चैत ४ गते नेप्से परिसूचक २४३२ बिन्दुमा थियो । यसयता परिसूचक उक्त न्यून बिन्दुमा पुगेको थिएन । त्यस्तै, २०७७ चैत ३ गते भने परिसूचक २३९१ बिन्दुमा थियो ।

बिहीबारको बजारमा उतारचढाव देखिएको छ । न्यूनतम २४२८ बिन्दुसम्म पुगेको बजार त्यसपछि सम्हालिँदै २४४९.९७ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा भने ५.८४ अंक अर्थात ०.२४ प्रतिशतले घटी हो ।

बुधबारको तुलनामा कारोबार रकम भने सामान्य बढेको छ । बुधबार २ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार २ अर्ब ६७ करोडको सेयर कारोबार भएको छ । बिहीबार २३१ स्क्रिप्टको ६२ लाख २३ हजार ७२१ कित्ता सेयर खरिद बिक्री भएका छन् ।

बिहीबार हिमालयन डिष्टिलरीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन ८ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५६८९.९० बिन्दुमा झरेको छ ।

बजारमा सिनर्जी पावर डेभलपमेन्टको सेयर मूल्य सबैभन्दा बढी प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य ४.५५ प्रतिशतले बढेर प्रतिकित्ता ४१८ रुपैयाँ पुगेको छ । त्यस्तै, सबैभन्दा बढी घट्नेमा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य रहेको छ । संस्थाको सेयर मूल्य ५.८२ प्रतिशतले घटेर प्रतिकित्ता ११०० रुपैयाँमा झरेको छ ।

कारोबारमा आएका समूहमध्ये तीन समूहमा हरियाली छाएको छ । होटल्स एण्ड टुरिजम, म्युचुअल फण्ड र अन्य समूह सामान्य अंकले बढेका छन् । बाँकी समूह भने राताम्मे देखिएका छन् ।

Share News