लक्ष्मी बैंकसहित तीन संस्थाको सेयर मूल्य समायोजन

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा तीन वटा बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । एकैदिन लक्ष्मी बैंक र समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनस सेयरको लागि र नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरको लागि सेयर मूल्य समायोजन भएको हो । जसमध्ये लक्ष्मी बैंकको ८ प्रतिशत बोेनसको लागि सेयर मूल्य समायोजन भएको [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा तीन वटा बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । एकैदिन लक्ष्मी बैंक र समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनस सेयरको लागि र नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरको लागि सेयर मूल्य समायोजन भएको हो ।

जसमध्ये लक्ष्मी बैंकको ८ प्रतिशत बोेनसको लागि सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता २७०.३७ रुपैयाँ कायम भएको छ । यसअघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता २९२ रुपैयाँमा भएको थियो ।

त्यस्तै, समता घरेलु लघुवित्तको २० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो । प्रतिकित्ता १३५१ रुपैयाँमा अन्तिम कारोबार भएको संस्थाको समायोजित मूल्य ११२५.८३ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रदको लागि सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ४७८ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिकित्ता ८५६ रुपैयाँमा भएको थियो ।

यससँगै, अबको कारोबारमा यी तीनवटै कम्पनीको पहिलो कारोबार समायोजित मूल्यको आधारमा हुने छ ।

Share News