मञ्जुश्री फाइनान्सले सेयरधनीलाई ४६ प्रतिशत लाभांश दिने, चुक्ता पुँजी अर्ब नाघ्ने

<p>काठमाडौं । मञ्जुश्री फाइनान्सले सेयरधनीलाई ४६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । मंसिर २४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४० प्रतिशत बोनस र ६ प्रतिशत नगद(करसहित) लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले [&hellip;]</p>

काठमाडौं । मञ्जुश्री फाइनान्सले सेयरधनीलाई ४६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । मंसिर २४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।

बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४० प्रतिशत बोनस र ६ प्रतिशत नगद(करसहित) लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी ९६ करोड ५३ लाख रुपैयाँ छ । ४० प्रतिशत बोनस पारित पछि संस्थाको चुक्ता पुँजी एक अर्ब ३५ करोड रुपैयाँ नाघ्ने छ ।

प्रस्तावित ४६ प्रतिशत लाभांश ९ वर्ष यताकै उच्च हो । संस्थाको लाभांश इतिहास हेर्ने हो भने संस्थाले आर्थिक वर्ष २०६७/६८ देखि यता सो मात्राको लाभांश घोषणा गरेको छैन ।

Share News