काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजीको लगानी पुँजी बजारमा हुनु साम्राज्यवादको विकसित रुप भएको बताएका छन् । माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी हुनु साम्राज्यवादको विकसित रुप भएको बताएका हुन् ।
अध्यक्ष प्रचण्डले एकाधिकार पुँजीवाद र संशोधनवाद जोडिएर वित्तीय एकाधिकार पुँजीवादमा भूमण्डलीकृत पुँजीवाद बन्दै गएको भन्दै यसलाई निस्तेज गर्ने गरी पुँजी बजारको विषममा पार्टीको दस्तावेजमा नै समावेश गराउने योजना सुनाए । अध्यक्ष प्रचण्डले सेयर बजार प्रति लक्षित गर्दै पहिले पहिले पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुने गरेको तर, अहिले लगानी पुँजी वा दोश्रो बजारमा हुनु वित्तीय पुँजीवादको विशेषता भएको बताए । उनले नेपाल लगायत विश्वभर नै पुँजीको लगानी धितोपत्र, सट्टा बजार, आईएमएफ, विश्व बैंक र एसियाली बैकहरुमा हुने गरेका बताए ।
‘पुँजीको लगानी पुँजीमा हुनु सामराज्यवादको विकसित हुनु हो, उद्योग र उत्पादन क्षेत्रमा पुँजीको लगानी नहुनु नै वित्तीय पुँजीवादको विषेशता भएको छ, अहिले धितोपत्र बोर्ड, सत्ता बजार, आई एम एफ, विश्व बैंक, एसियाली बैंक लगायतमा लगानी हुन्छ, हामीले यी बैंकहरुले पैसा जम्मा गरेर यता उता लगानी गर्दछन् भन्ने गरेका छौं, तर, त्यस्तो होइन्, यसरी शेयर बजारमा लगानी गर्नु सामराज्यवादका विकसित रुप हुन, यसरी वित्तीय एकाधिकार पुँजीवादलाई बलियो बनाएर अगाडि बढाउने नाफा उठाएर विश्वका सिमित पुँजीपतिहरुको हातमा संसारकै धन एक कठ्ठा गर्ने योजना हो, उसरी विश्वको पैसा सिमित पुँजीपतिहरुले हातमा लिएर ८० प्रतिशत जनतालाई भोको र नाङगो राख्ने प्रणाली पुँजीबजार हो। पुँजीबजारमा लगानीको विकास र विस्तारलाई हामीले परास्त गर्नु सक्नु पर्छ, पुँजीबजारबाट पुँजीपतिहरुले सिधै पुँजीबाट पुँजी लिने गर्दछ, अब पुँजीको लगानी उत्पादनमा हुँदैन, धितोपत्रमा र सत्ता बजारमा हुन्छ । बैंकहरुले सिधै घरजग्गा किनबेचमा लगानी लगाउँछन्, घरजग्गाको कारोबारबाट सिधै पैसा आउने गर्दछ, थोरै लगानीमा छोटो समयमा अबौ कमाउने गरेका छन्, अहिले विश्वभर नै सेयर बजारमा लगानी बढ्न थालेको छ,’ अध्यक्ष प्रचण्डले भने ।
भिडियो हेर्न यसमा क्लिक गर्नुहोस्
अध्यक्ष प्रचण्डले विश्वभर नै यो क्षेत्रमा पुँजी लगानी बढ्दै गएकाले यसको अध्ययन अनुसन्धान र विश्वलेशण गर्नु जरुरी भएको बताए । उनले यस प्रकारमा विकृतीको विष्लेशण गरेर यससँग लड्ने तरिका खोज्ने अभिभारा माओबादी आएको बताए । यसको अनुसन्धान नगरेसम्म देशमा, मुलुकको अर्थतन्त्रमा उज्यालो पनि नआउने बताए ।